११ पौष २०७७, शनिवार

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।


आइतबार प्रदेश नम्बर २ ले सशस्त्र प्रहरीको एपिएफसँग खेल्ने छ । दाङको देउखुरीमा आयोजित प्रतियोगितामा ७ वटा प्रदेशका प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर