११ पौष २०७७, शनिवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


रत्न–धर्म स्मृति प्रतिष्ठानले  आयोजना गरेको कार्यक्रममा उहाँले उच्च नैतिकता र इमान्दारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनुभयो ।

मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुँगुदेखि मुगुुसम्म’ नामक आफ्नो अनुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर