३० साउन
शुक्रवारवाट नेपाली दर्शकहरु अर्काे टेलिहास्य सिरियल श्रीमती जिन्दावात हेर्न पाउने भएका छन ।
शुक्रवार साँझ देखि ग्लोबल ओरेन्ज टिभीको युट्युव सिरियल धारावाहिक रूपमा यो हास्य सिरियल प्रसारण हुन लागेको हो ।
कृष्ण मल्लको निर्देशनमा रहेको यो हास्य प्रधान सिरियल हो । १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको यो सिरियल त्यतिबेला दर्शक माँझ लोकप्रिय थियो । दर्शकको चाहना र बदलिँदो परिस्थिति अनुरूप फेरि डिजिटल प्लेटफर्ममा ल्याउन लागिएको निर्देशक मल्लले जानकारी दिए । सिरियलका निर्माता राजन घिमिरे हुन् भने कलाकारहरुमा कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश बुढाथोकी, सुभाष गजुरेल, नारायण त्रिपाठी, स्व.भिमबहादुर थापा, निला बस्नेत, रवि डङ्गोल, उत्तम केसी, पल्लवी भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।https://www.youtube.com/watch?v=wn6nTGSnDQo&t=8s

 

प्रतिक्रिया

सम्बन्धित खवर