११ पौष २०७७, शनिवार

पुराना वामपन्थी नेता स्वनाम साथी (शसी शेरचन) को निधन भएको छ ।

https://amzn.to/4myfPN5

स्वनामको शुक्रबार साँझ निधन भएको हाे । कोरोना भाइरसबाट संक्रमित स्वनामको मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको  हाे । स्वास्थ्यमा समस्या देखिएपछि सुरूमा पाटन अस्पताल भर्ना हुनुभएका उहाँमा उपचारकै क्रममा संक्रमण पुष्टि भएकाे थियाे ।

त्यसपछि माेडेलकाे आइसीयूमा राखेर उपचार थालिएकाेमा शुक्रबार निधन भएकाे हाे । उहाँकाे शनिबार अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।

२००६ सालमा म्याग्दीमा जन्मिनुभएका स्वनाम लामो समय नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएकाे थियाे । नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय हनुहुन्थ्याे । पछिल्लाे समय नेता स्वनामले सीमा बचाऔं अभियानको नेतृत्व गरिरहनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर