मोरङ, २०७७ पुस १० गते

  आफ्नै घरमा आगजनी गरेको अभियोगमा सुन्दरहैचा नगरपालिका-११ कर्जुना बस्ने ४८ वर्षीय मनि उरावलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मनिले मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आगजनीबाट घर जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर