काठमाडौं, २०७७ पुस १० गते

 काठमाडौं चन्द्रागिरी नगरपालिका-५ दाउरा डिपोबाट २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश सहित मकवानपुर थाहा नगरपालिका-८ पालुङ घर भएका १९ वर्षीय आशिष सापकोटालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ९ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित भारत शितामणी बस्ने २७ वर्षीय सरोज कुशवाहा र सर्लाही कौडेना गाउँपालिका-२ बस्ने ३६ वर्षीय ताज मोहम्मद मुकेरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मलगंवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७३३५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं गोकर्णश्वर नगरपालिका-६ नारायणटारस्थित सडकबाट नियन्त्रित लागूऔषध २ सय २२ एम्पुल डाइजेपाम, २ सय ८८ एम्पुल बुप्रेनोर्फिन र २ सय १३ एम्पुल फेनारगन सहित सोही नगरपालिका-७ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१० घर भएका ४९ वर्षीय रामकृष्ण गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली गोदावरी नगरपालिका-२ स्थित सडकबाट ३ सय ३० ग्राम अवैध लागूऔषध चरेश र नगद १ लाख १२ हजार ३ सय २५ रुपैयाँ सहित बैतडी दोगडाकेदार गाउँपालिका-१ बस्ने २६ वर्षीय तोरण प्रसाद जोशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जोशीको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर