झापा, २०७७ पुस १० गते
मेचीनगर नगरपालिका-९ बस्‍ने पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ बर्षीय भुखन किसान रहेका छन् ।
पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि संघीय ईकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बुधलाललाई उनकै गाउँघर र भुखनलाई मेचीनगर नगरपालिका-६ काकरभिट्टाबाट पक्राउ गरेको हो । पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातीसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरु बीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ । साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिम समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर