३० साउन
स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।
तेस्रो वार्षिकोत्सवको अवसर पारेर रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएको हो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर संस्थाबाट रक्तदान कार्यक्रम गरिएको संस्थाले जनाएको छ । आज ६० जनाले रक्रदान गरेको कार्यक्रम संयोजक तथा संस्थाका सदस्य
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक नुमाकान्त चापागाई सदस्य भविश्वर चापागाइ मास्क तथा सेनिटाईजर वितरण गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थाका सल्लाहकारहरु कमलराज भुसाल, घनश्याम चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर