३० साउन
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अत्यावश्यक काम नपरी घर वाहिर नजान सवैमा अनुरोध गरेका छन ।
सहरमा संक्रमण बढ्दै गए पनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधनमा र खासगरी लाइनमा बस्दा कतिपय व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन त्यसो नगर्न अनुरोध गरेकाहुन ।
विशेष गरी खाद्यान्न, तरकारी र फलफूल पसलमा केही नभएजस्तो गरेर अर्को व्यक्तिसँग नजिकै गएर सामान किन्न हतार गरिरहेको भेटिएको छ त्यसो गर्नु भनेको कोरानालाई भित्राउनु जस्तै हो किनकि को संक्रमित हो भन्ने थाहा हुदैन ।
उनले भने, “पाहुना वा साथीभाइसँग जम्मा भएर मज्जाले चाडपर्व पनि मनाइरहेका छौं । कार्यालयहरुमा अझै पनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिइएको पाइन्छ । यस्तै स–साना व्यवहारहरु र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ र संक्रमण बढिरहेको छ ।”

सरकारले घरबाट बाहिर निस्कँदा अनिवार्य मुख छोपिने गरी मास्क लगाउन अनुरोध गर्दै “कार्यालय, पसल, यातायातका साधन वा जहाँ पनि एक अर्कोसँग सधैँ कम्तिमा दुई मिटर टाढा बसौँ,” सरकारले अनुरोध गर्दै भनेको छ, “कुनै पनि बस्नु वा सतह छोएपछि, कार्यालय वा घरभित्र छिर्दा साबुन पानीले मिचिमिच कम्तिमा २० सेकेन्डसम्म हात धोऔँ वा हात फोहोर छैन भने अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गरौँ । जथाभावी नथुकौँ ।”
“अनि आवश्यक काम नपरी घरबाट बाहिर नजाऔँ वा एक ठाउँबाट अर्को ठाउँको यात्रा नगरौँ,” प्रवक्ता डा. गौतमले भनेका छन्, “घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं । यदि कोरोना संक्रमित स्थानबाट आउनु भएको छ वा विदेशबाट आउनुभएको छ भने अवश्य १४ दिनसम्म सरकारले बनाएको मापदण्ड पालना गरी क्वारेन्टिनमा बसौँ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर