८ पौष २०७७, बुधवार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टि २० वरियातको ब्याट्सम्यानतर्फ नेपाली क्रिकेटर पारस खड्काको वरियता खस्किएको छ । आईसीसीले  सार्वजनिक गरेको नयाँ वरियतामा पारसको विश्व वरियतामा एक स्थानको गिरावट आएको हो ।


उनी कुल ४०० रेटिङ्गको साथ ७२औं स्थानमा झरेका छन् । यसअघि पारस टि २० तर्फको विश्व वरियतामा ७१औं स्थानमा रहेका थिए ।

नेपालको तर्फबाट शिर्ष एकसयौ स्थानमा पर्ने पारस एक मात्र खेलाडी समेत हुन् ।

टि २० को ब्याट्सम्यानतर्फ विश्व वरियताको शिर्षमा ईङ्गल्याण्डका डाविड मलान छन् भने दोश्रोमा पाकिस्तानका कप्तान बाबर आजम, तेश्रोमा भारतका केएल राहुल, रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर