८ पौष २०७७, बुधवार

नेकपाका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनै पनि काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए ।

प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले बताए । उनले संसद पुनस्र्थापना गर्नुभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिए । यस्तै पार्टीभित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए । त्यसैअनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर