८ पौष २०७७, बुधवार

फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । जसका कारण उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।

त्यो म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन् २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो । त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो ।

८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । सन् २०१३ मा यो प्रोजेक्ट सुरु भएर दुई वर्षमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर