७ पौष २०७७, मंगलवार

सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।

https://amzn.to/4myfPN5

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ ले स्वरुप बदलेसँगै संक्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिएको छ ।

क्यानले नेपालमा अन्तरराष्ट्रिय उडान गर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् ।

बेलायतमा संक्रमण तीव्र भएपछि विश्वका कैयौँ देशले उडानमा प्रतिबन्ध घोषणा गरिएको जानकारी दिएका छन् । युरोपेली मुलुक, मध्यपूर्वी तथा कतिपय एशियाली मुलुकले समेत उडान प्रतिबन्ध गरिसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर