
७ पौष २०७७, मंगलवार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् भने हरिबोल गजुरेल प्रचण्डतिर लागेका छन । लेखराज भट्ट यसअघि नै ओलीतिर लागिसकेका छन । तीनैजना पूर्व माओवादिका नेताहरुहुन ।
सांसदहरुको भेलामा नदेखिएका रायमाझी र मणि थापा आज ओलीले वोलाएको केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।
हिजो प्रधानमन्त्रिले वोलाएको भेलामा नगएका गजुरेल आज कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने भएका छन । यसरी आजैवाट कुन कुन नेताहरु कता कताको खेमामा लाग्नेछन प्रष्ट हुदै आउने भएको छ ।