६ पौष २०७७, सोमवार

बाग्मती प्रदेश नेकपाले आफ्नो पार्टीको पौष ७ गते कुनै कार्यक्रम नभएको, स्पस्ट पारेको छ ! प्रदेशका इन्चार्ज अस्टलक्ष्मी शाक्य र सम्योजक नारायण दाहालले आज एक बिज्ञप्ती जारी  गर्दै जानकारी गराएका हुन ! प्रदेशका सचिब भनिएका आनन्द प्रसादले बैठक बस्ने सुचना सर्कुलर गरेकाले त्यो सत्य नरहेको स्पस्ट पारेको छ .

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बाग्मती प्रदेशका केन्द्रिय सदस्य र प्रदेश सदस्यको जरुरी मिटिङ ७ पौष २०७७ का दिन रोयल बैंक्वेट , तिनकुनेमा ११ बजे बस्ने भनि प्रदेशका सचिव आनन्द पोखरेलको नाममा सूचना सम्प्रेषण भएको कुरा जानकारीमा आएकोले प्रदेशमा बैठक बस्ने कुनै पनि छलफल भएको छैन । साथै , सोही दिन पार्टीको स्थायि कमिटीको निर्णय अनुसार केन्द्रिय समितिको बैठक डाकिएको कुरा सर्वविदितै छ । यसरि भ्रम पार्ने गरी सचिवको नाममा दिइएको सूचना गलत र भ्रामक भएको कुरा जानाकारी गराउँदछौं । आगामी दिनहरुमा प्रदेशका सबै विषयहरुको आधिकारीक जानकारी र सूचना प्रदेश इन्चार्ज क . अष्टलक्ष्मि शाक्य र अध्यक्ष क.नारायण दाहालको नामबाट मात्र आउने कुराको पनि जानकारी गराउँदछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर