६ पौष २०७७, सोमवार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाली कांग्रेसलेले आह्वान गरेको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ ।

छलफलमा भागलिनको लागि नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल सानेपा पुगेका छन् । काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनल सानेपा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर