६ पौष २०७७, सोमवार

२०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालिन एमाले र तत्कालिन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेको छ ।


नेकपाका  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि नेकपा  फुटको संघारमा पुगेको हो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिँदै नेकपा विवाद साम्य पार्न ओली तयार भएको सन्देश गएको दुई दिनमा नै ओलीले प्रतिनिधिसभा नै विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रिया प्रवेश गरेको हो ।

ओली र उनी पक्षीय नेताहरूले भने पार्टीभित्रैबाट सरकारलाई असहयोगको चरम सीमा नाघेको तथा राष्ट्रपतिविरूद्ध महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने खेल भएपछि बाध्यात्मक कदम चालेको प्रतिक्रिया दिएको छ । तर,  अब पार्टी एकता कायमै रहने सम्भावना क्षिण बन्दै गएको छ ।

योबीचमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेताले पनि कित्ता फेरका छन् । तत्कालिन माओवादीका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट ओली कित्तामा पुगेका छन् भने पूर्वएमालेको माधव कुमार नेपाल खेमा प्रचण्ड कित्तामा पुगेका छन् ।

आइतबारको घटनाक्रमपछि दाहाल-नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर