५ पौष २०७७, आइतवार

सुर्खेतको जल विद्युत उभोक्ता समितिको नेतृत्वमा नेपाली काँग्रेस समर्थित उम्मेदवारहरुको प्यानल विजयी भएको छ । पश्चिम बावियाचौरमा रहेको खमारी खोला लघु जल विद्युत आयोजना उपभोक्ता समितिको प्यानलगत निर्वाचनमा नेकपा समर्थित उम्मेदवारलाई हराउँदै काँग्रेस समर्थित प्यालन विजयी भएको हो ।


मतदानमा लोकतान्त्रिक प्यानलका सुरेन्द्रबहादुर शाहीले ६ मत अन्तरले बिजयी भएका हुन् । शाहीले ४२१ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी नेकपाबाट उम्मेदवार मानबहादुर वयक ४१५ मत ल्याएर पराजित भएका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कविराज कँडेलले ४५१, सचिवमा धर्मराज खनालले ४४४ र कोषाध्यक्षमा चन्द्रादेवि खनालले ४३९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, सदस्यहरुमा सदस्य रणबहादुर खत्री, गोपी तिरूवा, रमेशकुमार कँडेल, गंगा मगर, नरबहादुर तारामी मगर, तेजबहादुर सार्की र रमेश शाही निर्वाचित भएका छन् । एक हजार १८२ मतदात रहेको आयोजनामा ८८० मत खसेको थियो । यो मध्य ३० मत बदर भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर