४ पौष २०७७, शनिवार

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्ष  पदमा चितवनको बिस हजार जेसिजका अरुणेश्वर खनाल  विजयी भएका छन्।  राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए।


नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १००३ मतसहित सुमन कृष्ण श्रेष्ठ  क्रमश: अरूण कुमार दाहाल  ९९९, भाेजराज चापागाईं ९४८ , शिव प्रसाद भुसाल ६७८ मतसहित विजयी भए।

राष्ट्रिय उपाध्यक्ष पदका लागि मनाेहरा जेसिज रजनी थापा १२३६, कल्पना, पाण्डे कुसुम १०३०, तरहरा जेसिजका सुनिल तिमल्सिना ८१८, सैनामैना जेसिजका बिमल ज्ञवाली  ७६७, दुहबी जेसिज, बिमला सुवेदी कार्की ७६४, शारदा नगर जेसिजकी प्रमिशा काफ्ले ७२०, म्याग्दी जेसिजका सुजन बरूवाल ७१८ रजहर जेसिजका राजन गाैतम ७०१, लमजुङ जेसिजकी पायल शर्मा ६७३ , धरान जेसिजका दिपेन्द्र निराैला ६१२, नारायणगढ जेसिजका अनाेज जाेशी ६०२, जनकपुर जेसिजका गाैतम शाह ५९०  विजयी भएका हुन्।  राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर