४ पौष २०७७, शनिवार

गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुदा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२का तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको अटो दुर्घटनामा भएको हो । अटो सडकवाट करीव २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर