३पुष २०७७

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको भन्दै गुनासो गरेका छन् ।


पार्टी कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलामा अध्यक्ष प्रचण्डले ओलीले आफूलाई गन्दै नगनेको भन्दै गुनासो गरेको प्रदेश १ का एक केन्द्रीय सदस्यले बताए।

उनले आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले स्वीकार नगरेको र आफूले बोलाएको बैठकलाई पनि गुटको भेला भनेर नामाकरण गर्ने गरेको बताए ।

उनले पेरिसडाँडाको भेलालाई गुटको भेला होइन भन्दै आफूलाई अध्यक्षको रुपमा कहिल्यै नहेरेपछि यस्तो कदम चाल्नुपरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर