३ पौष २०७७, शुक्रवार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका दूई युवा नगरपालिकाको आर्थिक सहयोग पाएपछि पाइलट बनेका छन् ।
नगरपालिकाको वडा १० घारीखोला निवासी २५ बर्षीय गोबिन्द केसी र वडा नं. ५ गोतामकोट मृग्री निवासी २५ बर्षकै ललित भण्डारी नगरपालिकाले प्रदान गरेको ५०/५० लाख रकमबाट पाइलट बन्न सफल भएका हुन ।
सानैदेखि पाइलट बन्ने सपना संगालेका केसी र भण्डारीले गरिबिका कारण पाइलट पढ्न नसक्ने अवस्था सृजना भएपछि नगरपालिकाले उनीहरुको पाइलट पढ्न् सपना पुरा गरिदिएको हो ।
त्यो रकमबाट केसी र भण्डारी फिलिपिन्समा गएर पाइलट कोर्ष पुरा गरि गत चैतमा स्वदेश फर्किएका हुन । यसैबीच यही मंसिर २९ गते मात्रै उनीहरु दुबै जनाले एकै साथ नेपाली विमान चलाउने लाइसेन्स समेत प्राप्त गरेका छन् ।
लकडाउनका कारण नेपालमा लाइसेन्सको परीक्षामा केही ढिला भएपनि उनीहरु दुबैजना परीक्षा दिएपछि एकै साथ उत्तिर्ण हुन सफल भएका हुन ।
फिलिपिन्समा पाइलटको कोर्ष पुरा गरेपनि नेपालको लाइसेन्स नभएसम्म विमान चलाउन पाइदैन । अब भने उनीहरुले नेपाली विमान उडाउन पाउने भएका छन् । इच्छा भए अब उनीहरु निजी विमान कम्पनीमा भने काम गर्न सक्छन् ।
तर नेपाल एयरलाईन्सको पाइलट बन्न चाहना भए अझैं उनीहरुले लोकसेवा दिनु पर्ने हुन्छ । नेपालको विकट भूमि रुकुम पश्चिमको आठबिसकोटका उनीहरु अब्बल विद्यार्थी हुन ।
उनीहरु जहिलै कक्षा प्रथम र दृतिय हुने गर्दथे । तर उनीहरुको आर्थिक अवस्था कमजोर थियो । उनीहरु दुबै जना किसानाका सञ्तान हुन ।
त्यसैले चाहेरपनि पाइलट बन्न सक्ने अवस्था थिएन । नगरपालिकाले दूई बर्ष पहिले केसी र भण्डारीलाई ५०/५० लाख लगानी गरेपछि बल्ल उनीहरुको सपना विपनामा परिणत भएको हो ।
त्यो पैंशा अब उनीहरुले पाइलटको जागिरे भइसकेपछि अर्थात कमाउन थालेपछि मात्रै किस्तामा फिर्ता गर्ने सर्त नगरपालिकासंग गरेका छन् ।
निकै सस्तो व्याजदरमा नगरपालिका नगरका अब्बल विद्यार्थीलाई उनीहरुको रुचि अनुसारका विषय पढाउन लगानी गर्दै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर