३० मंसिर २०७७, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नु भएको छ ।  बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको हो ।

https://amzn.to/4myfPN5

राष्ट्रपति भण्डारीले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेश अनुसार मंगलबार साँझ प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा बैठक बसेको थियो ।

उक्त अध्यादेश जारी भएपछि सत्तारुढ नेकपाभित्र मात्र नभई नेपाली राजनीतिक वृत्तमै तरंग उत्पन्न भएको छ । सोही अध्यादेशविरुद्ध खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाललगायतले कडा प्रतिवाद गर्ने रणनीति बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर