
३० मंसिर २०७७, मंगलवार
आर्थिक अभाव भएपछि एक नेपालीको शव मलेसियामै अत्येष्ठि गरिएको छ ।
कोकाकोला जस्तो मानेर झार मार्ने औषधि सेवन गरे पश्चात पेनाग अस्पतालमा उपचार गर्दा गर्दे ज्यान गुमाएका सिराहा कर्जन्हा वडा नम्बर ४ का मदन पार्खिनको शव हिन्दु परम्परा अनुसार मलेसियामै दाह संस्कार गरिएको हो ।
नोभेम्वर ३० तारिखका दिन उनले उक्त औषधी सेवन गरेका थिए । उपचारको क्रममा उनको डिसेम्वर ५ तारिखका दिन मृत्यु भएको थियो ।
मृतक मदनको परिवार आर्थिक रुपमा निकै नाजुक भएको कारण अस्पताल भर्ना देखि दाहसंस्कार सम्म लागेको सम्पुर्ण रकम खर्च जनउद्धार केन्द्र मलेसियाले गरेको थियो ।
जनउद्धार केन्द्र मलेसियाले मलेसियामा विभिन्न ठाउँमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्दै आईरहेको छ ।