२९ मंसिर २०७७, सोमवार

तमुधिं यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्विरोध भएका छन् ।  भर्चुअलमै उनलाई अध्यक्षमा सर्वसम्मतिले चुनेकाे हाे ।

https://amzn.to/4myfPN5

यसैगरी तीन जना उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ र महासचिवमा परशुराम गुरुङ कोषाध्यक्षमा कमल कोने गुरुङ लागायत २९ जनाको कार्यसमिति सबै पद निर्विरोध चयन भएकाे तमुधिं यूके सल्लाहकार डेबिड गुरुङले बताए।

११ औं महाधिवेशनका लागि दिइएको समयअवधि १३ डिसेम्बर १० बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय सम्म कसैले पनि तोकिएको समयसीमामा दाबी विरोधसमेत नपरे पछि २९ जनाकै कार्यसमिति निर्विरोध भएको हो ।तर निर्वाचन समितिले यसको औपचारिक घोषणा २० डिसेम्बर अधिवेशनको दिनमा गर्ने जनाएको छ । नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर