२९ मंसिर २०७७, सोमवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले ‘राजा आऊ देश बचाऊ’ को नारा लगाएको दाबी गरे । सम्बोधनका क्रममा देउवाले भने, ‘ओली नै तत्कालीन राजासँग मिलेको भए त थाहा छैन, होइन भने कसरी आन्दोलन भएको छ ’ सभापति देउवाले ओली सरकार नै राजावादीहरुको आन्दोलनको जिम्मेवार रहेको समेत बताए । साथै उनले नेपालमा पुनः राजा नआउने पनि प्रष्ट पारे । देउवाले नेपालमा एकदलीय सर्वसत्तावादी शासन लागु गर्न खोजेको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको व्यङ्ग्य गर्दै भने, ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’ आज कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरोधी प्रदर्शन गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर