काठमाडौं, २८ मंसिर ।  नेकपा को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार (आज) दिउँसो बसेको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गर्दै सम्पन्न भएको हो ।

अर्को बैठक पुष एक गतेका लागि बोलाइएको बताइएको छ । आजको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो ।

https://amzn.to/4myfPN5

तर, यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने उहाँले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई आरोपपत्र भएको बताउँदै सो प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने भन्दै पत्र पठाउनु भएको थियो । जहाँ उहाँले दाहालले सो प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर