रिमा घर्तीमगर
तानसेन

जयराम वुर्लाकोटीको जन्म घर धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटार सिक्टार भन्ने ठाउँमा पर्दछ ।

उहाँको उमेर ५१ वर्ष पुगेको छ । चार जना दाजुभाइ मध्ये उहाँ माहिलो हुनुहुन्छ ।
सानै देखि निकै मेहनती र आफ्नो खुट्टामा आफै उभिनुपर्दछ भन्ने मान्यता राख्नु हुने जयराम आज भोलि निकै ब्यस्त हुनुहुन्छ ।

हिजोको दिनमा जस्तो के खाँउ के लाउँ भन्ने अवस्था आज छैन । आफ्नो मेहनत अनुसार नाम र दाम दुवै इमान्दारीता पूर्वक कमाउनु भएको छ । नेपालका करिव ४० भन्दा वढी जिल्लामा पुगेर आप्नो ब्यवसायलाई नेपालीहरुको विचमा परिचित मात्र गराउनु भएको छैन विदेशमा समेत आफूले उत्पादन गरेको सामान निर्यात गर्न समेत भ्याउनु भएको छ ।

सानोमा जयराम निकै दुखले हुर्कनु भयो । बुबा आमाको मुख्य पेशा खेतीपाती थियो । विहान वेलुका घरको काममा बुवाआमालाई सघाउने दिउँसोमा स्कुल जाने गरेर आफ्नो पढाइलाई अगाडि बढाउनु भएको थियो ।
अहिले जस्तो गाउँमा त्यो बेलामा छ्यापछ्याप्ती स्कूलहरु थिएनन आफ्नो घर भन्दा करिव आधा घण्टा तल भिमोदय माध्यमिक विद्यालय थियो त्यहाँ पुग्नु पर्दथ्थो ।

विहानमा स्कुल जाँदा त खाना खाएर आरोलो झर्दा त सजिलो हुन्थो साँझ स्कुल छुटेर उकालै भोकोपेट घर आउनु पर्दाको अवस्था जयरामले आजपनि झल्झली संझनुहुन्छ ।
जयरामले आठ कक्षासम्म भिमोदय माविमा पढनुभयो । नौ कक्षा पढने बेलामा भने गाउँ नजिकै सल्यानटारमै रानीपौवा मावि खुल्यो । गाउँमै स्कुल खुलेपछि पढन्लाई सजिलो भयो । समय पनि बचत भयो। जयरामले रानीपौवा माविबाट एसएलसी पास गर्नुभयो । गाउँमा खुलेको स्कुलबाट एसएलसी दिने उहाँहरुको ब्याच नै पहिलो ब्याच थियोे ।
एसएलसी पास भएपछि भने जयरामलाई उच्च शिक्षा पढन्को लागि समस्या भयो । गाउँमा उच्च शिक्षा पढ्ने क्याम्पसहरु थिएनन । विकल्प काठमाण्डौ गएर पढ्ने थियो । तर काठमाण्डौ गएर पढ्नको लागि आर्थिक अवस्था राम्रो थिएन । उहाँले बुवा आमासँग सल्लाह गरेर काठमाण्डौ पढन जाने निधो गर्नुभयो ।
काठमाण्डौ पुगेपछि जयराम महेन्द्ररत्न क्याम्पस ताहाचलमा आइएडमा भर्ना हुनुभयो । भर्ना त हुनुभयो तर काठमाण्डौमा टिक्न सजिलो थिएन । काम निकै खोज्नुभयो तर भनेको बेलामा काम पनि पाईएन । आफूलाई पढने इच्छा हुदाँहुदै पनि पढाईनै रोकिने हो कि भन्ने अवस्था आउन थाल्यो । काम खोजेर भौतारिरहेको अवस्थामा ठमेलको एउटा दोकानमा सेल्सम्यानको नोकरी पाउनुभयो ।
ठमेल नेपालकै विदेशी पर्यटक आउने ठाउँ भएकाले उहाँलाई े थोरै पैसा नोकरीबाट आउने भएपनि धेरै कुरा जान्न सकिन्छ भन्ने लाग्यो । करिव तीन वर्षसम्म सेल्सम्यान भएर काम गर्नुभयो । काम त गर्नुभयो तर पढाईभने रोकिने हो कि भन्ने चिन्ता भने लागिरहथ्यो । यसैगरी उहाँले आईए पास हुनभयो र विएमा भर्ना हुनुभयो ।
विए पढ्दै काम गर्दै गरिरहेको अवस्थामा जयरामलाई विदेशमा पढ्न जान मिल्ने अवस्था आईपुग्यो । कुरा २०५७ साल तिरको हो उहाँले युके भन्ने देशमा पढाईको लागि आवेदन दिनुभयो । आवेदन दिईसकेपछि अन्र्तवार्ताको मिति तोकिएको थियो ।

त्यसैबेला नै उहाँको बुबाको मृत्युभयो । बुबाको मृत्यु भएपछि विदेशमा गएर पढने इच्छा यत्तिकै रोकियो ।
करिव करिव दश वर्ष जति ठमेलका विभिन्न पसलहरुमा काम गर्नुभयो ।

त्यहाँ काम गर्दा थुप्रै अनुभवहरु लिनुभयो । विदेशीहरुले गाँजाको बोक्राबाट बनेका सामानहरु खुव मनपराउने रहेछन । (घेरी, हेम अल्लो या भनौ गाँजाको बोक्राबाट बनेका सामानहरु ) यो कुरा जयरामले थाहा पाउनु भयो । अरुकोमा काम गर्नुभन्दा आफैले यस्तो ब्यवसाय गर्दा ठिक होला भन्ने लागेर २०६८ साल देखि आफैले ब्यवसाय शुरु गर्न थाल्नुभयो ।
बजारमा अहिले गाँजाको बोक्राबाट बनेका कपडाहरु प्रशस्त पाईन्छन । अरुले कपडा तयार पारेका हुन्छन त्यसलाई आफुले किनेर आफनो कम्पनीको नाम व्राण्डिङ वनाएर विक्री गर्न थाल्नुभयो ।
जयरामले शुरुमा २० हजार रुपैयाँ खर्च गरेर दुईबटा मेशिन राखेर काम थाल्नु भयो ।

ब्यापार उहाँले सोचे भन्दा निकै राम्रो हुन थालेपछि भने अहिले नौ बटा मेशिनबाट सामानहरु उत्पादन भैरहेका छन । मासिक रुपमा १२ जनालाई रोजगारी समेत दिईरहनु भएको छ ।
जयरामले आफुले उत्पादन गरेका सामानहरुलाई अझ कसरी व्राण्डिङ गर्न सकिन्छ भनेर लागिरहनु भएको छ । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पुगेर आफ्नो उत्पादनको विक्री वितरण गरिरहनु भएको छ ।

उहाँले मुख्य गरेर टोपी,पर्स,आस्कोट, कोट,महिलाहरुले लिने सानो हाते पर्स र अलि ठुलो झोला (सपिङ ब्याग) उत्पादन गर्ने गर्नुहुन्छ । गाउँले देउरालीसँगको कुराकानीमा जयरामले भन्नुभयो“अहिले हामीले प्रयोग गरिरहेका कपडाहरु कपडा जस्तो देखिने गरेपनि अधिकाशं प्लाष्टिकबाट बनेका छन,तीनलाई जलाएपछि पछि मात्र थाहा हुन्छ त्यो प्लाष्टिक हो भनेर, त्यो शरिरको लागि निकै हानिकारक हुने विभिन्न तथ्यहरुले प्रमाणित समेत गरिसकेका छन ।

तर हामीले उत्पादन गरेका सवै सामाग्री सवै आर्गानिक हुन जुन शरीरको लागि निकै उपयोगी छन, विदेशीहरुले पहिलेनै चिनेसकका छन उनीहरुले अर्गानिक कपडा खोज्छन हामीले अझै चिन्न सकेका छैनौ तर विस्तारै चिन्लान भन्ने आशा गरौ”
जयराम महोत्सवकै सिलसिलामा देशका करीव ४० जिल्लामा पुगिसक्नु भएको छ । आफ्नै ठाउँमा उत्पादन भएको सामानलाई नेपालीहरुले त्यति चाँसो नराख्ने भएपनि विदेशीहरुले भने निकै महत्व दिने गरेको बताउनुहुन्छ ।
एक छोरा र एक छोरीका बुबा वनिसक्नु भएका जयरामलाई श्रीमती सृजना ढकाल(बुर्लाकोटी)ले पनि उत्तिकै सघाउनु भएको छ ।

आफू वाहिर हिड्दा सवैकाम गर्ने श्रीमतीले गर्ने गरेको र मेला महोत्सवमा सामान सकिएको खण्डमा फोन गरेर मगाउने गरेको समेत हामीलाई बताउनुभयो ।
हिजो के खाउँ के लाउँ भन्ने अवस्थामा रहनु भएका जयरामले आज नाम र दाम दुवै कमाउनु भएको छ । आफूले जानेको कामलाई ठुलो र सानो नभनिकन गर्ने हो सफलता पाउन सकिन्छ भन्ने विश्वास छ ।

तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम तानसेन महोत्सवमा स्टलमा आफ्ना सामान बेच्न ल्याउनु भएका जयरामले  दोहोरयाएर भन्नुभयो हामी कुनै पनि कामलाई निरन्तर रुपमा गर्दैनौ केहि काम गर्ना साथ त्यसको नतिजा आउने बेलामा छाडिहाल्छौ त्यसपछि कसरी सफलता पाइन्छर ।
निकै मेहनति,सहयोगी र हसिलो स्वभावका जयरामको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ ।

उहाँले उत्पादन गरेका सामानहरु मगाउन र आफ्नो ठाउँमा पनि केही गर्छु भन्नेहरुलाई तालिम समेत दिन जोशिनु भएका जयरामलाई हामीले पनि ९८४१९७२५७१ मा सम्पर्क गरेर धेरैकुरा लिन सक्नेछौ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर