३१ साउन
नेपाल विद्यार्थी संघले काठमाडौं उपत्यकाभित्रका सरकारी क्याम्पसमा शुक्रवार ताला लगाएको छ ।
त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको जनाएका छन् ।
नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार हिरासतमा रहेका नेविसंघ नेताको रिहाइको माग गर्दै क्याम्पसहरूमा तालाबन्दी गरिएको हो।
‘काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका नेताहरू तुरून्त रिहाइ हुनुपर्छ,’ उनले भने, ‘झुटा मुद्दा खारेज गर्नुपर्छ।’ त्रिविमा राजनीतिक भागबन्डा अन्त्य गर्न पनि उनले माग गरेका छन्।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले शुक्रबार विज्ञप्ति निकालेर पक्राउ परेका नेविसंघ नेतालाई रिहाइ गर्न माग गरेका छन्।

 


प्रतिक्रिया

सम्बन्धित खवर