३ भाद्र २०७८, बिहिवार

अमेरीकाको मेरिल्याण्डमा मृत्यु भएका खेम वहादुर केसिको शवलाई नेपाल ल्याउन गोफण्डमिमा खाता खोलिएको छ ।
स्याङ्गजा पुतली बजार- १४ घर भई अमेरीकामा रहदै आएका ४४ वर्षिय केसीको अगष्ट १२ तारिखका दिन असामयिक मृत्यु भएको थियो ।
एनआरएनए मेरिल्याण्ड शाखाले मृतकको परिवारलाई सहयोग ,शवको अन्त्येष्टि तथा मृतकको  आर्थिक स्थिति कम्जोर भएकोले आर्थिक राहत सहयोगको लागि गो फन्ड मी खाता खोलेको जनाएको छ ।
२५ हजार डलर संकलन गर्ने लक्ष्य राखेर खोलिएको  खातामा अहिले सम्म ५ हजार ५२ संकलन भै सकेको छ । एनआरएनए मेरिल्याण्ड शाखाले पार्थिव शरिर नेपाल पठाउने प्रकियामा रहेको हुँदा आर्थिक सहयोगको निम्ति सबै नेपाली समुदायलाई अनुरोध र आह्वान  गरेको छ ।
केसीको श्रीमती एकछोरी र एक छोरा रहेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सहयोग गर्न यहाँ क्लिक होस् :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर