५ श्रावन २०७८, मंगलवार

पाल्पाका चुनढुङ्गा खानी सन्चालनमा आउन थालेपछि पहिरोको जोमिख वढेको आकलन गर्न थालिएको छ ।

वर्षो देखि पहिरोको समस्या नभोगेका वासिन्दाहरुले अहिले पहिरो संग पौठेजोरी जस्तै खेल्नु परेको छ ।
चुनढुगा खानी सन्चालनमा आएपछि डाँडामा टिप्पर पुरयाउनु पर्ने अवस्था आयो । सडक क्षमता भन्दा ज्यादा धेरै लोड वोक्ने टिप्परहरुले वाटो र विगार्यो नै गाउँलाई समेत उठिवास लगाउन थालेको छ ,

खानी सञ्चालनआउदा केहि स्थानियले रोजगारी त पाए तर अहिले त्यहि रोजगारीले थातथलो छाड्ने अवस्थाको सृजना गर्न थालेको छ ।
तिनाउ गाउँपालिकामा भित्र मात्रै अहिले १० वटा चुनढुङ्गा खानी सञ्चालनमा छन् ।

जुन चुरे क्षेत्र अन्तगर्त पर्दछ । खानी सञ्चालनले गाउँको विकास थोरै भएपनि भएको तर पहिरोको जोखिम भने दिनप्रतिदिन वढिरहेको छ ।
पाल्पाको तीनाउ गाउँपालिकामा पर्ने श्रीडाँडा डाडाँमा पनि खानी सन्चालनमा छ जहाँ दैनिक तीन सय बढी ट्रिपर ओहोरदोहोर गर्छन ।

डाँडामा जाने सडकको माथिल्लो भागबाट डाँडै भासिएको छ । सडकको तल र माथि ३३ घरहरू जोखिममा छन् । चुनाढुङ्गा जाने खानीको सडकको दुबै तिरबाट पहिरो खस्दा के अवस्था हुने हो यहाँका अधिकांश गाउँले चिन्तित बनेका छन् ।

तिनाउ गाउँपालिकाभित्र सञ्चालित कन्चन कोइरिज ९चुनढुङ्गा खानी० प्रालिको जाने बाटोको छेउबाट भासिएर झुम्सामा मानवीय क्षति भइसकेको छ । नजिकको सुकुम्बासी बस्ती नै बिस्थापित भएको छ ।

अत्याधिक भार क्षमताका ट्रिपर सञ्चालनले सिद्धार्थ राजमार्ग भासिदा पानी मिलतर्फका ३१ र झुम्साका १५ घर अहिले पनि पहिरोको जोखिममा रहेको छ ।

खानी सञ्चालकले खानी तथा भूःगर्भविभाग, वन विभागसँग सम्झौता भए अनुसारका काम गर्नुपर्ने हुन्छ । यसको अनुगमन गर्ने जिम्मेवारी डिभिजन वन कार्यालय पाल्पाको हो तर डिभिजन वनले समेत अनुगमन र सचेत गराउन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर