पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाको पाल्पा रिब्दीकोटको अकबरे खुर्सानी उधोगले कृषकहरूले उत्पादन गरेको खुर्सानीको खरिद गर्न शुरू गरेको छ । रिब्दीकोट गाउँपालिकाले पालिकाका ८ वटै वडामा ५० प्रतिशत अनुदानमा अकबरे खुर्सानी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रम मार्फत कृषकहरूले अकबरे खुर्सानी खेती गरेका थिए हाल उक्त खुर्सानीबाट  उत्पादन लिन सफल भएका  छन । कृषकहरूले खुर्सानीको उत्पादन गरेता पनि बजारमा सोचे जस्तो बजार मुल्य नपाउदा चिन्तित रहेको बेला पाल्पा रिब्दीकोट अकबरे खुर्सानी उधोगले कृषकहरूको खुर्सानी खरिद गरि बिक्री गर्ने कार्यको शुरूवात गरेको हो ।उधोगले खुर्सानीको संकलनको लागि वडा न ३ को खस्यौमा यसि सहित संकलन केन्द्रको स्थापना गरेको छ ।

पालिकाको ८ वटै वडामा उत्पादित अकबरे खुर्सानी उधोगले संकलन गरि बजारीकरण गर्ने छ । यस कार्यबाट उचित मुल्य नपाएका कृषकहरूलाई राहत हुने भएको हो । रिब्दीकोट गाउँपालिका वडा न ३ का कृषक लक्ष्मी सुन्धौलीले गाउँपालिकाबाट अनुदान प्राप्त गरि अकबरे खुर्सानी लगाउनु भएको थियो । उहाको बारीमा अकबरे खुर्सानी फल्न थाली सकेका छन ।

 

करिब २ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गर्नु भएकि सुन्धौलीले  बजारमा भनेजस्तो मुल्य नपाउदा चिन्तित रहनुभएको थियो । हाल  उधोगले खरिद गरिदिने भए पछि राहत मिलेको बताउनुभयो । त्यस्तै रिब्दीकाट गाउँपालिका वडा न २ देउरालीकि कमला गौतम पेशाले शिक्षक हुन । दिउसोको समयमा शिक्षण पेशाको लागि विद्यालय जाने गौतम हाल  अकबरे खुर्सानी खेतीमा आकर्षित हुनुभएको छ ।

करिब ३ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेतीको गरेको बताउने गौतमले हाल अकबरे खुर्सानीबाट राम्रो उत्पादन लिन सफल हुनुभएको छ । बारीमा लगाएको मकै लगाएतका बाली बादर लगाएत बन्यजन्तुले आक्रमण गरे पछि खुर्सानी खेती शुरू गर्नुभएकी गौतम अहिले अकबरे खुर्सानीमा आकर्षित हुनु भएको छ ।रिब्दीकोट गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष एवम पाल्पा रिब्दीकोट अकबरे खुर्सानी उधोगमा व्यवस्थापन नारायण बहादुर जिसीले अकबरे खुर्सानीलाई उधोगमा संकलन गरि बजारीकरण गरिने बताउनुभयो । गाउँपालिकाको ८ वटै वडाहरूमा उत्पादन भएका खुर्सानीलाई संकलन केन्द्रमा संकलन गर्ने र विक्री वितरण गरि कृसानलाई रकम हस्तान्तरण गर्ने गरि अकबरे खुर्सानी उधोगको शुभारम्भ गरिएको बताउनुभयो कृषकहरूले उत्पादन गरेको खुर्सानीको उचित मुल्य नपाउदा चिन्तित रहेको बताउने उधोगले बुटवल भैरहवा लगाएतका उधोगहरूसँग सहकार्य गरि खुर्सानीको बजारीकरण गर्ने र प्राप्त रकमलाई कृषकको बैंक खाता मार्फत हस्तान्तरण गर्ने गरि कार्यको शुरूवात गरिएको बताउनुभयो । उधोगले आगामी दिनमा कृषकहरूले उत्पादन गरेको खुर्सानी मात्र होइन बेसार,अदुवाको समेत उधोगमा संकलन गरि बिक्री वितरण गर्ने योजनाका साथ अगाडि बढेको छ , व्यवस्थापन जिसीले बताउनुभयो ।समाचार र फोटो भैरवखवर वाट

प्रतिक्रिया

सम्बन्धित खवर