
२ श्रावन २०७८, शनिवार
प्रधानमन्त्री शेरबहादुर देउवा अस्ति बुधवार अपरान्ह एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाटको लागि सिंहदरबारबाट सोझै नेपाल निवास कोटेश्वर पुग्नुभयो । अस्ति बिहिवार विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्दले पनि भेट्नुभयो ।
दुवैसँगको भेटमा नेपालले अहिलेको आवश्यकता र आफूले देखेको कुरा बताउनुभएको बताइन्छ ।
प्रधानमन्त्री देउवासँगको भेटमा उहाँले सरकारले गतिलो काम गरेर सबैको मन जित्नको लागि शुभकामना दिनुभएको थियो ।
नेपालको भनाई उद्धृत गर्दै सोतले भनेको छ, ‘सरकारले गतिलो काम गरेर देखाओस् । पहिलेको सरकारभन्दा भिन्न रहेको देखाओस् ।’
नयाँ सरकार गठन आफ्नो प्रतिष्ठासँग समेत गाँसिएकाले सुशासनको मान्यतालाई अघि बढाएर बदनाम हुनबाट जोगिन उहाँको आग्रह थियो । भन्नुभयो, ‘कामको प्राथमिकता र अनुगमन प्रणालीलाई बलियो बनाउनुहोस् ।’
नयाँ सरकार गठन आफ्नो प्रतिष्ठासँग समेत गाँसिएकाले सुशासनको मान्यतालाई अघि बढाएर बदनाम हुनबाट जोगिन उहाँको आग्रह थियो ।
सबैभन्दा पहिले काठमाडौं- निजगढ फास्ट ट्र्याकलाई बेलैमा सकिने गरी काम अघि बढाउन नेपालको पहिलो सुझाव रह्यो । अघिल्लो सरकारले प्राथमिकता निर्धारण नगरी हात हालेर गिजोलेका विकास निर्माणमध्ये महत्वपूर्णलाई प्राथमिकता दिनुपर्नेमा नेपालको जोड थियो ।
त्यसैगरी सडक बनाउने भन्दै बाटोघाटो जथाभावी खनेर गरिएको पर्यावरणीय विनाश रोक्न समेत जरुरी देखिएको भन्दै बजेट खर्चमा समेत प्राथमिकता दिन उहाँले प्रधानमन्त्री देउवालाई सुझाव दिनुभयो ।
सबैभन्दा पहिले काठमाडौं- निजगढ फास्ट ट्र्याकलाई बेलैमा सकिने गरी काम अघि बढाउन नेपालको पहिलो सुझाव रह्यो ।
नेता नेपालले सबैभन्दा पहिलो महत्व र जोड कोरोनाबिरुध्दको खोप उपलब्ध गराउन र जनताको दैनिक जीवनसँग सम्बन्धित अत्यावश्यक सेवामा जोड दिन प्रधानमन्त्रीलाई सम्झाउनुभएको हो । उहाँले गरिबी,युवा बेरोजगारीको समाधानमा ध्यान दिन र शिक्षा तथा जनस्वास्थ्यको क्षेत्रलाई विशेष ख्याल गर्नुहोस् भन्नुभएको सचिवालय श्रोतको दावी छ ।
सोही अवसरमा नेपालले साना तथा मझौला उद्योगमा जोड दिने,नागरिकमा उद्यमशीलता बढाउने र समाजमा देखिएको विकृति हटाउनेतर्फ पर्याप्त ध्यान दिनुपर्नेतर्फ सरकारको ध्यानाकृष्ट गराउनुभयो । भन्नुभयो, ‘जलविद्युतको विकास,पूर्वाधार निर्माण र कृषिलाई पनि प्राथमिकता दिन नबिर्सनुहोस् ।’
त्यसपछि नेपालले प्रधानमन्त्रीलाई आफ्ना केही ड्रिम प्रोजेक्टबारे मनन गर्न र योजनाबद्ध ढंगले कार्यक्रम अघि बढाउन भन्दै जानकारी दिनुभयो, ‘एउटा ग्राण्ड म्युजियम बनाउनुस् ।’ ग्राण्ड डिजाइनको विस्तृत विवरण उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘त्यसमा नेपालको इतिहासको सम्पूर्ण झलक आओस् । रामापिथेकसदेखि ने मुनी र नेपालको अस्तित्व झल्कियोस् ।’
नेपालले प्रधानमन्त्रीलाई आफ्ना केही ड्रिम प्रोजेक्टबारे मनन गर्न र योजनाबद्ध ढंगले कार्यक्रम अघि बढाउन भन्दै जानकारी दिनुभयो, ‘एउटा ग्राण्ड म्युजियम बनाउनुस् ।’
नेपालमा मानव जातिको उद्भव, मानदेव प्रथम वा त्योभन्दा पहिलेका शासक,गोपालवंश, महिशपालवंश,किराँतवंश, सेनवंशदेखि राणावंश र शाहवंश झल्किने कक्षहरू संग्रहालयमा हुनुपर्ने उहाँको भनाई छ । त्यसैगरी मल्लकालदेखिका राजा तथा महाराजा सबैको छुट्टै कक्ष र इतिहाससहित नेपालको परिकल्पना ग्राण्ड म्युजियममा देख्न पाइन्छ ।
त्यसैगरी गणतन्त्र म्युजियम छुट्टै बनाउनसमेत सुझाव दिइयो । उक्त संग्रहालयमा योगमायाको योगदानदेखि लखन थापामगर, प्रजा परिषद् र जयतु संस्कृतम आन्दोलनका सबै पक्ष उल्लेख हुनुपर्नेछ । त्यसैगरी राणाकालीन सुब्बा कृष्णलालको मकै खेतीबारे पनि आगामी पुस्तालाई जानकारी गराउन संग्रहालयमा आवश्यक व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभएको बताइन्छ ।
उक्त संग्रहालयमा पाथिभरादेखि बडिमालिकासम्म र जनकपुरदेखि पशुपति एवम् मुक्तिनाथसम्म मुलुकका अधिकांश मठ मन्दिरको झलक र महत्व देखिने पनि उहाँको परिकल्पनामा उल्लेख छ ।
वि.सं. १९९७ सालका शहीदहरूको योगदान,२००७ सालको क्रान्ति,२०१७ सालको पञ्चायती कू,२०३६ र २०४६ सालको अन्दोलनबारे पनि गणतन्त्र म्युजियममा सबिस्तार विवरण र दृश्य राख्दा इतिहास अझ बढी साक्षात्कार हुने उहाँको भनाई थियो । २०६२/६३ को जनक्रान्तिदेखि गणतान्त्रिक संविधान निर्माणसम्मको सम्पूर्ण इतिवृत्तान्त पनि उक्त म्युजियममा समेट्दा उक्त संग्रहालय मुलुक र जनताको लागि भावी दिनमा गहना हुने नेपालको टिप्पणी थियो ।
उहाँले जातीय संग्रहालयको अवधारणा पनि राख्नुभयो । १ सय २६ जाति प्रत्येकको छुट्टै कक्ष बनाउने उहाँको परिकल्पना रहेछ । “ती सबै जातिको जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारको झलक अरुले हेर्न र बुझ्न पाउन् ।”-नेपालले भन्नुभयो ।
त्यसैगरी बुध्दधर्मसम्बन्धी छुट्टै म्युजियमको आवश्यकता रहेको उहाँले बताउनुभयो । भिन्दाभिन्दै नामले पुकारिने बुध्दका सन्दर्भ र बुध्दसँग जोडिएका लुम्बिनी, बोधगया,कुशिनगर,सारनाथको महत्वको बारेमा पनि त्यो संग्रहालयले जानकारी दिने भएकाले बुध्द म्युजियमको परिकल्पना गरिएको नेपालले बताउनुभयो । जसमा बुध्दका शिष्यसँग जोडिएका सबै सन्दर्भलाई समेट्न वाञ्छनीय भएको उहाँको धारणा थियो ।
नेपालले आफूले ती सुझाव यसअघिका प्रधानमन्त्रीहरूलाई समेत दिइएको तर उहाँहरूले ग्रहण नगरेको गुनासो पोख्नुभएको थियो ।
सोहीक्रममा हिन्दूहरूको धार्मिक संग्रहालयको पनि आवश्यकता देखिएको सम्बन्धमा उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उक्त संग्रहालयमा पाथिभरादेखि बडिमालिकासम्म र जनकपुरदेखि पशुपति एवम् मुक्तिनाथसम्म मुलुकका अधिकांश मठ मन्दिरको झलक र महत्व देखिने पनि उहाँको परिकल्पनामा उल्लेख छ ।
नेपालले आफूले ती सुझाव यसअघिका प्रधानमन्त्रीहरूलाई समेत दिइएको तर उहाँहरूले ग्रहण नगरेको गुनासो पोख्नुभएको थियो ।
उहाँले भेटमा छिमेकीहरूसँगको सम्बन्धलाई सुमधुर बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । त्यस अवसरमा भन्नुभयो, ‘मुलुकको स्वाभिमानलाई जोगाउने काम गर्नुस्,निश्चित मान्यताको आधारमा सम्बन्धलाई अघि बढाउनुस् ।’ त्यो कुरालाई प्रचण्डले पनि ठीक हो भन्नुभयो ।
अस्ति प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएका नेता नेपालले हिजो आफ्नै निवासमा नेकपा महासचिव नेत्रविक्रम चन्दसँग भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँले चन्दलाई ‘नयाँ कोर्समा आउनुस्,सँगै जाऔं’ भन्नुभएको छ ।
चन्दलाई नेता नेपालले नयाँ ढंगले अघि बढ्दा मुलुकको पछिल्लो परिस्थितिमा थप सुधार ल्याउन सकिनेतर्फ समेत औंल्याउनुभएको छ । नेपालको भनाई उल्लेख गर्दै स्रोतले भनेको छ, ‘सकारात्मक ढंगले सोचेर अघि बढौं, सँगसँगै जाऔं ।’
नेपालको भनाई सुनिरहेका चन्दलाई उहाँले शान्ति प्रक्रियामा आफूले पुर्याएको योगदानलाई एक पटक मनन गर्नसमेत आग्रह गर्नुभएको हो । नेपाली समाजमा बढ्दै गएको विकृति र विसंगतिको अन्त्य गरेर सबै खालका अन्याय,अत्याचारलाई समाप्त पार्न पाँच राजनीतिक दलको गठबन्धनसँग हातेमालो गर्न उहाँले चन्दलाई आग्रह गर्नुभएको छ ।
महिलामाथि भइरहेको हत्या, हिंसा,छुवाछुतको भयावह अवस्था,गरिबमाथिको अत्याचार अन्त्य गर्ने कार्यमा सहकार्य गर्न सकिने नेता नेपालको धारणा थियो । उहाँले चन्दलाई युध्दको नभई प्रजातान्त्रिक बाटोमा अघि बढ्न आग्रह गर्दै भन्नुभयो,‘गाउँ गाउँमा रहेका सबै दलका पार्टी कमिटीलाई राज्यका अंग र निकाय तथा कानुनको माध्यमबाट सामाजिक अभियानमा लगाऔं ।’जनआस्थावाट