काठमाडाैं, १४ मंसिर ।नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका हुनुभएको छ । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुनुभएको हो ।

ढकालले ५५ प्रतिशत मतसहित निर्वाचन जित्नुभएकाे हाे । ढकालले एसोसिएट र द्विराष्ट्रियतर्फ ८ सय ९७ मत खसेकाेमा ५ सय २२, जिल्ला-नगरतर्फ १ सय ५ मतमा ५३ र वस्तुगततर्फको १ सय १ मतमा ५९ मत ल्याउनुभएकाे छ । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ ।

योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नु हुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन ।

शनिबार राति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी हुनुहभएकाे छ । उहाँले ५ सय ५५ मतमा ४ सय ५५ मत ल्याउनुभएकाे छ । उहाँका प्रतिस्पर्धी सौरभ ज्योतिले जम्मा ४ सय ३४ मत पाउनुभएकाे छ।

यसैगरी वस्तुगत उपाध्यक्षमा भने प्रधान प्यानलका व्यवसायी अञ्जन श्रेष्ठ विजयी हुनुभएकाे छ । उहाँले व्यवसायी उमेशलाल श्रेष्ठलाई हराउनुभएकाे हाे । अञ्जनले कुल १ सय १ मतमा ६२ मत पाउनुभएकाे थिए भने उमेशलालले ३७ मत मात्रै पाउनुभएकाे छ ।

महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर