११ भाद्र २०७७, बिहिवार

वुटवलमा एक महिलाको कोरोना सक्रमणको कारण मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
साउन २६ मा संक्रमण पुष्टि भएर घरमा आइसोलेशनमै उपचार गराईरहेको भएपनि अवस्था थप जटिल भएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको हो ।
यसैगरी आज नै कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममा निधन भएको थियो . यससँगै रुपन्देहीका कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट तिलोत्तमा नगरपालिकामा पहिलो पटक मृत्यु हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर