
१० भाद्र २०७७, बुधवार
पाल्पाको माथागढी गाँउ पालिका वडा नम्बर ३ कसेनी ओलेसका नागरिकहरुले कोरोना संम्वन्धि सचेतना जगाउन ७ सदस्यिय खवरदारी समिति गठन गरेका छन । ओलेस टोलका संयोजक भक्त बहादुर कामुका अनुसार कोरोना भाईरस संक्रमणको बेला बिनाकाम बाहिरबाट घुम्न आउनेहरुको सख्या वढदै जान थालेपछि निगरानी समुह नै गठन गर्नु परेको वताए । निगरानी समुहले सवैलाई अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन,वाहिर निस्किए अनिर्वाय रुपमा मास्क लगाउन, वेला वेलामा सावुन पानीले हात धुन अनुरोध गर्दे समुदायमा सचेत वनाउदै आईरहेका छन । समितिले कसेनी ओलेसका स्थानीयहरुले बिना काम घुम्न बाहिरबाट आउने नागरिकहरुलाई रोक्न र निगरानी गर्न वडा कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।