लमजुङ । लमजुङमा कर्तव्य ज्यान मुद्दामा फरार एक महिला १३ बर्ष पछि पक्राउ परेकी छिन् । १८ वर्षकी हुँदा अपराधमा संलग्न महिला ३२ बर्षको उमेरमा पक्राउ परेकी हुन् ।

लमजुङको साविक ढोडेनी गा.वि.स.– ७ हालको दोर्दी गाउँपालिका– ६ मा स्थायी बसोबास भएकी बर्ष २५ की पिचौटी गुरुङको घासँ काट्न जङ्गल गएको अवस्थामा हत्या भएको थियो ।


सिमि गाउँमा बस्ने तत्काल बर्ष १८ की पदमी गुरुङको समुहसँग आपसी बिबाद हँुदा पदमी गुरुङ समेतले पिचौटी गुरुङलाई ढुङ्गा तथा दाउँरा प्रहार गरी हत्या गरेकी थिइन् । पद्मी विरुद्ध सोही समयमा किटानी जाहेरी परेको थियो ।

जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ९ बर्ष ६ महिना २१ दिन कैद सजाय हुने गरी चार वर्षपछि फैसला भएको थियो । तर पदमी गुरुङ घट्नाको दिनदेखिनै फरार थिइन् ।सोही समयदेखी फरार पद्मी गुरुङ बैदेशिक रोजगारको लागि इराक गएकी थिइन् । उनी केही दिन अघि माइती आएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई बुधबार जिल्ला अदालतमा पेश गरिएको छ । अदालतले उनी माथी तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर