रौतहट, २०७७ मङ्सिर
रौतहट हत्याकाण्डका फरार प्रतिवादी राजपुर नगरपालिका-४ बस्ने ५५ वर्षीय मो. महताव आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहट बौधीमाई नगरपालिका-७ बड्की बंकुलबाट पक्राउ गरेको हो ।
२०६४ चैत २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नका लागि चैत २७ गते साँझ साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ स्थित शेख इद्रिशको गोठ घरमा विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह ताजपुत समेत १५/१६ जना घाइते तथा २/३ जनाको मृत्यु भएको थियो । मृतक तथा घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगि जलाईएको घटनामा संलग्न रही आलम फरार रहेका थिए ।
प्रारम्भिक अनुसन्धानमा महतावले आफ्नो दाइ मो. अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखि इँटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर