२० कार्तिक २०७७                                              नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् ।   केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने पक्का भएको निर्वाचन आयोगले जनाएको छ ।    निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको छ ।

कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।


२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।

कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर