१८ कार्तिक २०७७                                       अमेरिकामा नयाँ राष्ट्रपति छान्न आज मतदान हुँदैछ।  अमेरिकामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था छ।

यसपालि रिपब्लिकन पार्टीबाट राष्ट्रपति  डोनाल्ड ट्रम्प फेरि अर्को कार्यकालका लागि चुनिने दौडमा छन् भने डेमोक्र्याटिक पार्टीबाट बाराक ओबामाका पालामा उपराष्ट्रपति रहेका जो बाइडेन मैदानमा छन्।

विभिन्न सर्वेक्षणहरूले राष्ट्रपतिमा बाइडेन चुनिने देखाएका छन्। यसअघि सन् २०१६ मा पनि लगभग सबै सर्वेक्षणहरूले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने देखाएका थिए। उनले ट्रम्पले भन्दा झन्डै  ३० लाख बढी मत पाए पनि चुनाव हारेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर