४ कार्तिक २०७७, मंगलवार
मलेसियामा सेक्युरिटि गार्डमा कार्यरत दुईजना लाई कोरोना सक्रमण पुष्टि भएको छ ।
क्वालाम्पुरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल केएलआईए(२ मा रहेको जया ग्रोसर सुपरमार्केटमा कार्यरत २ जना नेपाली सेक्युरिटीगार्डमा कोरोना संक्रमण पुष्टि भएको सुपरमार्केटको ब्यवस्थापन समितीले एक बिज्ञप्ति मार्फत जनाएको छ। केयलआईएमा शाखामा कार्यरत एक छुट्टै कन्ट्याक्ट् सेक्युरिटी कम्पनीका २ जना सेक्युरिटीगार्डमा कोरोना संक्रमण देखिएकोले आजवाट अर्को सुचना सार्वजनिक नहुन्जेलसम्मको लागी जाया ग्रोसर मार्केट बन्द गरिएको छ विज्ञप्तीमा भनिएको छ । मार्केटको ब्यवस्थापन समितीका अनुसार आजदेखी मार्केटमा कामगर्ने सम्पुर्ण कामदारको स्वाब परिक्षण गर्न सुरु गरिएकोले सबै कामदारको पुर्ण स्वास्थ रिपोर्ट नआउन्जेलसम्मको लागी मार्केट बन्द गर्ने घोषणा गरेको छ।
संक्रमित ति दुईजना सेक्युरिटीगार्डहरु अहिले होम आईसोलेशनमा रहेको बताएको कम्पनीले जनाएको छ । उनीहरुको नाम र नेपालको ठेगाना भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर