४ कार्तिक २०७७, मंगलवार

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको नि:शुल्क उपचार भइरहेको जानकारी दिए। ‘हालसम्म जुन ढंगबाट उपचार हुँदै आएको छ। त्यो यथावत रहन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अझ पहिलाभन्दा झन् व्यवस्थित बनाउने तयारीमा छौं ।’ सबै जिल्लाहरुमा आइसियु बेडकाे व्यवस्था हुनै लागेकाे भन्दै उनले नागरिककाे जीवन रक्षाका लागि आफूहरू जिम्मेवार रहेको बताए।


 

प्रतिक्रिया

सम्बन्धित खवर