
२७ असोज २०७७, मंगलवार
कोरोना भाइरस परीक्षणका लागि लाग्ने पीसीआर परीक्षण शुल्क अब एक हजार रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने जनाएको हो। परीक्षण शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।