
२३ असोज २०७७, शुक्रवार
गुण्डागर्दी गर्दे आएका धादिङका राधे भण्डारी पक्राउ परेका छन । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई उनले धम्की दिदै आएका थिए । गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । यसैक्रममा उनी धादिङवाट पक्राउ परेका हुन ।
उनले जिल्लामा ठेकेदारी समेत गर्ने गरेका छन । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए, जनप्रतिनिधिले त्यसरी ननिकाल्न अनुरोध गर्दा उनले उल्टै जनप्रतिनिधिलाई धम्कि दिदै आएका थिए । भण्डारी तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन ।