२१ असाेज २०७७                                       मलेसियाका ग्लोब कम्पनीहरूले नेपालीसहित आप्रवासी श्रमिकको लागत खर्च फिर्ता गर्न थालेका छन् । मलेसियाका ठूला पाँच कम्पनीले  एक लाख १२ हजार रुपैयाँदेखि एक लाख ७८ हजारसम्म फिर्ता गर्न थालेका छन् ।

श्रमिकमाथि बाध्यकारी श्रम लगाएको भन्दै अमेरिकाले मलेसियाका ग्लोब कम्पनीद्वारा उत्पादित ग्लोबमाथि प्रतिबन्ध लगाएपछि ती कम्पनीहरूले मलेसिया जान लागेको शुल्क फिर्ता गर्न लागेको हो ।

मलेसियाका लागि श्रम सहचारी प्रकाश पन्थीले  भने, नेपाल र मलेसियाबीच भएको सम्झौतालाई कार्यान्वयन गर्न मलेसियाको कम्पनीहरुले मद्दत गरेका छन ।

विश्वकै सबैभन्दा ठूलो ग्लोब कम्पनी टप ग्लोबले पनि  श्रमिकलाई करिब एक लाख देखि एकलाख  ७८ हजार रुपैयाँ सम्म लागत खर्च फिर्ता गर्न थालेकाे टप ग्लोब कम्पनीमा  कार्यरत  झाापाका रमेेश थेबेले जानकारी दिए ।

यसैगरि  डब्लूआरपी एसिया प्यासिफिकले पनि गत महिनादेखि नै भर्ना शुल्कबापत श्रमिकले तिरेको रकम फिर्ता गर्न सुरु गरेको छ  । डब्लूआरपीमा करिब  ६५० भन्दा धेरै  नेपालीहरु  कार्यरत रहेका छन् ।

त्यस्तै गरि हर्तालिकाले  पनि रकम  फिर्ता गर्न सुरु गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाका ग्लोब कम्पनीहरूमा  करिब १५ हजार नेपाली कार्यरत छन् । उत्पादन क्षेत्रमा मात्रै झन्डै दुई लाख नेपाली कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर