८ असोज २०७७, बिहिवार

नौ जना कर्मचारीसहित १७ जनामा कोरोना सक्रंमण पुष्टि भएपछि गुल्मीको मुसिकोट नगरपालिका सिल गरिएको छ

संक्रमितमध्ये नगर कार्यपालिकाको कार्यालयमा कार्यरत नौ जना कर्मचारी  रहेका छन्। त्यस्तै, दुई जना सुरक्षाकर्मी, एक जना एम्बुलेन्स चालक, एक जना स्थानीय र बाँकी ४ जना क्वारेन्टाइनमा रहेका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ। संक्रमतिको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। नगर कार्यपालिकाको बैठकले असोज १३ गतेसम्मका लागि नगरपालिकाको कार्यालय र वडा नं ७ वडा कार्यालय सिल गर्ने निर्णय गरेको छ।  योसँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४८१ पुगेको छ भने ४४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्‌। जिल्लामा अहिलेसम्म तीन संक्रमितको ज्यान गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर