हास्य कलाकार जीतु नेपालले सामाजिक संजाल फेसबुकबाट आफ्नो नाम परिवर्तन गराएका छन् । उनले फेसबुकमा स्टाटस पोष्ट गर्दै आफ्नो नाम जीतु नेपालबाट जीत बहादुर नेपाल बनाएका हुन् । सामाजिक सञ्जालमा जीतु नेपाल नाम गरेका आइडी र फोटो छ्याप्छ्याप्ती भएपछि सबैलाई सचेत गराउँदै नाम परिवर्तन गरेका हुन्  ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकका छन् ,‘‘सबैमा नमस्कार, आजबाट मेरो फेसबुक नाम जीतु नेपालबाट मेरो पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जीत बहादुर नेपाल भएकोले सबैमा जानकारी गराउँदछु । अब कोही पनि नक्कली आइडीबाट न झुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो । मलाई एड, फलो गर्नु होला र साथै सरसल्लाह सुझाव दिनुहोला है ।’

प्रतिक्रिया

सम्बन्धित खवर