पछिल्लो २४ घण्टामा  देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर