१९ भाद्र २०७७, शुक्रवार

गुल्मीको सदरमुकाममा रहेको तम्घास टेक्निकल शिक्षालयले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्रवुझाएको छ। तम्घास टेक्निकल शिक्षालयका संस्थापक शेर बहादुर थापाले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत ज्ञापनपत्र वुझाउनु भएको हो। ज्ञापनपत्र हस्तान्तरण गर्दै थापाले राष्ट्रिय शिक्षा आयोगले डिप्लोमा तहभन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएकोप्रति आपत्ति व्यक्त गर्नुभयो।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको यहि साउन ३० मा बसेको बैठकको प्रस्ताव नं.७ को निर्णय नं.२ र ३ अनुसार डिप्लोमा तहभन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएको छ। यो निर्णय राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १५(४) र १५(५) भन्दा फरक निर्णय भएको भन्दै घोर आपत्ति व्यक्त गर्नुभयो।

ज्ञापन पत्रमा लेखिएको छ,‘यस शैक्षिक सत्र २०७७÷०७८ को नवीकरणको लागि सिटिईभीटीले आवश्यक दस्तुर समेत जम्मा गराई सकेको र स्वास्थ्य कार्यक्रम नवीकरण सूचीमा नपर्नुले सम्बन्धन खारेजी भएको हाम्रो बुझाई छ ।’ सम्बन्धन खारेजीको लागि शिक्षण संस्थालाई अपराधी सिद्ध गर्नुपर्ने व्यवस्था चिकित्सा शिक्षा आयोगको ऐनको दफा १४ र प्राविधिक  शिक्षा तथा व्यावसायिक तालिम परिषद नियमावली २०५१ को नियम २२ मा व्यवस्था छ।

तर सो नगरी विश्वव्यापी महामारी (कोभिड–१९) संकटको चपेटामा २०७६ साल चैत्र महिना देखि हाल सम्म हाम्रा संस्थाहरु निरन्तर बद रही जर्जर अवस्थामा पुगिसकेकोे ज्ञापनपत्रमा उल्लेख छ। यस अवस्थामा निजी प्राविधिक शिक्षालयहरुले सरकारबाट राहतको अपेक्षा गरेको समेत बताईएको छ।

त्यस अवसरमा प्रजिअ शर्माले ज्ञापनपत्र सम्बन्धीत स्थानसम्म पु¥र्याउने बताउनुभएको थियो। ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा तम्घास टेक्निकल शिक्षालयका संस्थापक थापा, प्रशासक कृष्ण पाण्डे, पत्रकार लगायतको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर