१९ भाद्र २०७७, शुक्रवार

पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् ।  देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।


काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् ।  शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर